Milk Association of Yenyasoft

समूहको केन्द्रीय कार्यालय

मिति: २०८३-०५-३०

विषय: राजीनामा स्वीकृत गरिएको सम्बन्धमा।

श्री Monu Siddhique ज्यू,
सदस्य, Yenyasoft Group.

उपरोक्त विषयमा यहाँले यस दूध उपभोक्ता समूह (Yenyasoft) बाट दिनुभएको राजीनामा पत्र प्राप्त भई समूहको बैठकले यहाँको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ।

साथै, समूहको निर्णय अनुसार यहाँले आउँदो बुधबार अन्तिम पटक दूध ल्याउने कार्यक्रम रहेको र त्यस पश्चात् यस समूहबाट यहाँको सदस्यता औपचारिक रूपमा समाप्त हुनेछ। समूहमा यहाँले पुर्याउनु भएको सहयोग तथा योगदानको लागि धन्यवाद व्यक्त गर्दछौँ।

वितरण तथा जानकारी:
Digitally Signed
Bipin Chaudhary
President, Milk Association of Yenyasoft